सुनसरी /सुनसरीको रामधुनी नगरपालिका ८ डुम्राहामा रहेको सिद्धार्थ शिक्षा सदन स्कुलले संगीत नृत्य प्रतियोगिताको फाइनल चरणको प्रतियोगिता साथै विज्ञान प्रदर्शनी एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ।
होमनाथ गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रामधुनी नगरपालिकाका पूर्व नगर प्रमुख जयप्रकाश चौधरी अतिथीहरु पत्रकार धीरेन्द्र चौधरी र सप्तकोशी टेलिभिजनका पत्रकार चन्दन रौनियार लगायतको उपस्थिति रहेको थियो।
विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यालयको प्रशंसा गर्दै विद्यालयलाई प्रमुख अतिथि जयप्रकाश चौधरीले अझै प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
प्रशप्रधि विद्यार्थी भाइबहिनीहरू डोमिना तामाङ ,आकृति विश्वकर्मा ,उत्सव पौडेल ,विपिशा आचार्य र डेलिना कट्वालले गीत प्रस्तुत गरेका थिए भने तृषा बराही ,चाँदनी शाह, लिजा चौधरी बीपीशा आचार्य ,इसीका उराउ, राधिका मण्डल र रिजा चौधरीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
सो बिज्ञान प्रदर्शनीमा रोवर्ट सम्बन्धी उपकरण, होम सेक्युरिटी प्रणाली, भूकम्पीय सूचक, पानीको सतह मापन यन्त्र, विद्युत सम्बन्धी स्वचालित अटो मोबाइल सम्बन्धी उपकरण, ह्युमान्वाइड रोबट, स्मार्ट सिटिका नमुना, लघु जलविद्युतबाट विद्युत उत्पादनको नमुना प्रदर्शनीको साथमा विद्यार्थीहरूको नृत्य, गायन, विभिन्न विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनीमा पचास भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरू स्टल रहेका थिए ।
प्रदर्शनी कक्षमा २ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको जिल्ला प्याब्सन सुनसरी कोषाध्यक्ष विद्यालयका प्रिन्सिपल गोपाल निरौलाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको थियो। प्रतियोगितामा विजयी विद्यार्थी भाइबहिनीहरूलाई प्रमुख अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो भने विज्ञान प्रदर्शनीमा सक्रियतापूर्वक सहभागी विद्यार्थीहरूलाई ट्रफी वितरण गरिएको थियो।
उक्त प्रतियोगितात्मक कार्यक्रमा शम्भु चौधरी निर्णायकको रूपमा रहेको थियो भने कार्यक्रमको सञ्चालन अनिल बरालले गरेको थियो।
