राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन १८ सदस्य चयनका लागि माघ ११ गते मतदान

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, पुष २३, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन
१८ सदस्य चयनका लागि माघ ११ गते मतदान
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरिनेछ।
आगामी माघ ११ गते हुने निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको कूल १८ सदस्य चयन गरिँदैछ। वर्तमान राष्ट्रियसभा सदस्यहरूको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ, जसका कारण संविधानअनुसार नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो। प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि समय दिइएपछि मंगलबार कुनै दाबी–विरोध भए/नभएको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको आयोगले जनाएको छ।
आयोगद्वारा तय गरिएको निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको छ भने सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा प्रदेशअनुसार मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ। संविधानअनुसार राष्ट्रियसभा संघीय संसद्को स्थायी सदन हो, जहाँ सदस्यको कार्यकाल ६ वर्षको हुने र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त भई निर्वाचन हुने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]