माेबाइल फाेरदिन्छु भन्दै जङ्गीए चन्द्रप्रसाद

Logo
संजय कुमार राजवंशी प्रकाशित शनिबार, पुष २६, २०८२

कटहरी / मोबाइल फोरदिन्छु भन्दै जङ्गीएको एक राजवंशी समाजसंग सम्बन्धित भिडियो सार्वजनिक भएको सामाजिक सञ्जाल फेसवुकमा पक्कै हेर्नुभएको होला । एक गाउँमा, एक घरको आँगनमा समाजका अगुवा र समाजका सुभचिन्तक तथा गाउँवासीहरु वसी उक्त छलफल गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हेर्न सकिन्छ । उक्त भाइरल भिडियोमा “ मोबाइल फोरदिन्छु  ” facebook link = gramin patrika  https://www.facebook.com/reel/770370249405341

भन्दै सुवन्त राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिका महासचिव चन्द्रप्रसाद राजवंशी हुन् । जस्ले अभय राजवंशी नेतृत्वको महासचिव राजकुमार राजवंशी (राजासाहेब) छलफलमा मोबाइलवाट भिडियो बनाउदा उक्त नोकझोक भएको हो ।

राजबंसी समाज विकास समितिको व्यानरमा राष्ट्रिय भाक्का दिवस कार्यक्रम गर्न मिल्दैन भन्दै महासचिव चन्द्रप्रसाद राजवंशी गाउँ इकाई समितिलाई भनेपछि दुई पक्षविच छलफलमा बसेका थिए । तर छलफल सफल भएनन् । अभय राजवंशी नेतृत्वको धनपालथान गाउँपालिका इकाई समितिका अध्यक्षलाई सो कुरा जानकारी पाउनेवितिकै दुई पक्षविच सहमति गरि छलफल गरिएको थियो । सुवन्त र अभय राजवंशी नेतृत्वविचको समिति पदधिकारीविच मोरङ्गको धनपालथान गाउँपालिका दादर वेरियामा विभिन्न विषय वस्तुमा छलफल गर्दा नोकझोक भएपछि उक्त छलफल रोकियो र त्यसपछि सुवन्त राजवंशी उक्त छलफलमा सहभागी भएश्च्यात केहि विषय वस्तुमा पुन्न् छलफल दुई पक्षविच एक अर्काप्रति आरोप र प्रतिआरोप गरे तर विना ठोस निर्णय छलफल सकियो ।

उक्त छलफलमा बोल्दै सुवन्त राजवंशी केन्द्रीय महाधिवेशनमा प्रतिस्प्रधा गरि आउनुपर्ने बताउँदै आफना प्रस्ताव राखे भने अभय राजवंशी नेतृत्वको समितिले दुई पक्ष बाहेक तेस्रो पक्ष निवार्चन समिति खडा गरि नयाँ समिति बनाउदा हामी सहमत छौँ भन्दै छलफल सकियो ।

सुवन्त राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिले झापा, मोरङ्ग र सुनसरी जील्ला लगायत देशभर भाक्का पिठ उत्सव २०८२ कार्यक्रम शुभआरम्भ हुने तयारी गरिएको छ । साथै राजवंशीहरु घर घरवाट आज पुष महिनाको २६ गते भाक्का पिठ उत्सव कार्यक्रममा सहभागी हुन राजवंशी समाजका यूवायूवती घर घरवाट तयारी थालिएको छ । भने विषेश महाधिवेशनवाट अभय राजवंंशी नेतृत्वको राजबंसी समाज विकास समितिले पनि विगतका केहि वर्ष देखि राष्ट्रिय भाक्का दिवस पुष महिनाको २९ गते निरन्तर गर्दै आएको छ । यहि २६ र २९ गते पुष महिनामा एक जातिय संस्था तर दुई समितिले करिब — करिब उस्ता उस्तै किसिमको कार्यक्रम गर्ने तयारीमा दुई समिति लागीपरेका छन् ।

राजबंंसी समाज एक जातिय संस्था, दुई समिति र दुई कित्तामा उभिएकोले सुवन्त राजवंशी नेतृत्वको समितिले मोरङ्गको कटहरीमा भाक्का पिठ उत्सव कार्यक्रम गर्ने भएको छ भने अर्को विषेश महाधिवेशनवाट बनाइएको अभय राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिले झापाको दमक डोमालाल राजवंशी रङ्गशालामा नवौँ राष्ट्रिय भाक्का दिवस कार्यक्रम गर्ने तयारीमा लागीपरेका छन् ।

राजबंसी समाज विकास समितिको सम्पर्क कार्यालय कटहरी वडा नम्बर ३ मा भव्यताका साथ भाक्का पिठ उत्सव कार्यक्रम गर्ने तयारी थालिएको राजबंसी समाजका महासचिव चन्द्रप्रसाद राजवंशीले एक अन्तरवार्तामा बताए भने अभय राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिको महासचिव राजकुमार राजवंशी राजासाहेबले पनि ग्रामीण पत्रिकासंग अन्तवार्ताका क्रममा बताएका थिए ।

अभय राजवंशी नेतृत्वको कोचिला गाभुर फ्रन्ट नामक संस्था द्वरा पहिले भाक्का दिवस कार्यक्रम गरिएका थिए भने राजबंसी समाज विकास समितिको विषेश महाधिवेशनवाट अभय राजवंशी अध्यक्ष भए सो समयपश्च्यात यसै भाक्का दिवस कार्यक्रम राजबंसी समाज विकास समितिवाट उक्त कार्यक्रम निरन्तर गर्दै आएका छन् । राजवंशी जातिको राजबंसी खानाको प्रकार भाक्का र पिठ अत्यन्तै स्वादिष्ट आहार भएको बताउँदै दुवै पक्ष महासचिवले लामो व्याख्या र आफना गहन विचार राखेका थिए ।

राजबंसी समाज विकास समिति कटहरी इकाई समितिको आयोजनामा भएको उक्त उत्सव कार्यक्रममा जाडो मौसममा कोशी प्रदेशको राजधानी विराटनगर लगायत देशभर भाक्का विभिन्न चौक, हटिया बजार तथा जिल्लाको मुख्य बजार क्षेत्रमा भाक्का विक्रीवितरण गरिरहेको देख्न सकिन्छन् । यो जाडो मौसममा अत्यधिक विक्री हुने खानेकुरा मध्य एक हो ।

उक्त भाक्का पिठ उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व भौतिक तथा पुर्वाधार राज्य मन्त्री भुमी प्रसाद राजवंशीको हाथवाट उक्त कार्यक्रमको उद्वघाटन गर्ने तयारी भएको महासचिव राजवंशीले बताए । झापा, मोरङ्ग र सुनसरी जिल्लाको पालिकाको प्रमुख तथा उपप्रमुखहरु र जातिय अगुवा तथा समाजसेवीको पनि अतिथिका रुपमा उपस्थिति रहने बताए ।

नोट : यस समाचारमा व्यक्तिको नाममा राजवंशी उल्लेख गरिएको छ भने संस्थाको व्यानरको नाममा राजबंसी उल्लेख भए अनुसार समाचारमा पनि राजबंसी उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]