विराटनगर / नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, कोशीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। मोरङ जिल्लाको बेलबारी नगरपालिका–स्थित रमिते डाँडाँमा सम्पन्न उक्त सभामा संस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख प्रीति देवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्षता संस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठले गर्नुभएको थियो।
साधारण सभामा संस्थाका उपाध्यक्ष प्रदीप बाबु तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष नारायण गौतमले संस्थाको गतिविधि र अवस्थाबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश पोखरेलले गर्नुभएको थियो।
साधारण सभाले बाँकी अवधिका लागि थप तीन जना सञ्चालक मनोनयन गर्ने निर्णयसमेत गरेको छ। मनोनित हुने सञ्चालकहरूमा सानिमा जिआइसीबाट मुरारी प्रसाद सुवेदी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्रकाश चन्द्र निरौला र नेसनल इन्स्योरेन्सबाट अशोक चापागाईं रहनुभएको छ। यससँगै संस्थाको सञ्चालक समिति १३ सदस्यीय कायम भएको छ।