जनकल्याण साकोसको २५औँ वार्षिक साधारणसभा सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, पुष २६, २०८२

दुहवी  / सुनसरीको दुहवी नगरपालिका–५ मा रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुस २५ गते शुक्रबार २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

वरिष्ठ इन्जिनियर बलराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा संस्थाले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्तीसमेत मनाएको हो। साधारणसभामा संस्थाका अध्यक्ष भूप नारायण भगत थारुले आर्थिक वर्ष २०८१/०८२ सम्म संस्थाको कुल निक्षेप १९ करोड रुपैयाँभन्दा बढी पुगेको र ४३ लाख ७ हजार ८ सय ८३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी गराए।
रजत जयन्तीको अवसरमा सहकारी गीत तथा रजत स्मारिका पुस्तक विमोचन गर्नुका साथै उत्कृष्ट बचतकर्ता तथा ऋणकर्तालाई सम्मान गरिएको थियो।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क आँखा शिविर, रक्तदान कार्यक्रम, अनाथ बालबालिकालाई सहयोग तथा मृतक सेयर सदस्यका परिवारलाई राहत प्रदान गर्दै आएको अध्यक्ष भगतले बताए।
त्यसैगरी, आउने दिनमा सेयर सदस्यलाई प्रविधिसँग जोड्ने उद्देश्यले मोबाइल बैंकिङ, एसएमएस सेवा, मोबाइल रिचार्ज तथा इ–सेवा सञ्चालनमा ल्याइने जानकारी पनि दिइयो।

२०५७ सालमा ३१ जना सेयर सदस्यको सहभागितामा स्थापना भएको संस्थामा हाल आर्थिक वर्ष २०८१/०८२ सम्म आइपुग्दा २ हजार ९ सय ९७ जना सेयर सदस्य आबद्ध रहेका छन्। कार्यक्रममा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीका तर्फबाट राजेश कुमार सरदारसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीका पदाधिकारी, कर्मचारी तथा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]