ग्रामथान गाउँपालिका समाज विराटनगरद्वारा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष २७, २०८२

विराटनगर / विराटनगरलाई कर्मथलो बनाएका ग्रामथानबासी थारुहरूले पौष २७ गते विराटनगरस्थित ऋषि वन किनार क्षेत्रमा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

ग्रामथान गाउँपालिकामा देखिएको किचलो तथा प्रशासनिक अस्तव्यस्ततालाई मध्यनजर गर्दै आपसी छलफल, समन्वय र निकास खोज्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी रहेका थिए भने विशेष अतिथिका रूपमा कोशी प्रदेश सांसद ललिता चौधरीको उपस्थिति रहेको थियो।

भेलामा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित व्यक्तिहरूले आगामी दिनमा ग्रामथान समाज सेवा समाजलाई कानुनी रूपमा दर्ता गरी ग्रामथान गाउँपालिका भित्रका गरिब, असहाय तथा विपन्न वर्गको हितका लागि सहयोग पुर्‍याउने उद्देश्यले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्दै जाने लक्ष्य समेत तय गरिएको छ।

यसै अवसरमा ग्रामथान गाउँपालिका–३, डंगटोल निवासी डिएन माझीकी छोरी दीक्षा माझीले बीएस्सी नर्सिङमा नेपाल सरकारबाट पूर्ण छात्रवृत्ति प्राप्त गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो।
संस्थाका संयोजक बैजु विश्वासले समाजलाई औपचारिक रूपमा दर्ता गरी सामाजिक सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रमको उद्घोषण तुलसी विश्वासले गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन सकिलचन चौधरी र सुरश्याम माझीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]