कटहरी गाउँपालिकामा साक्षरता कति ?

Logo
सुमन राजवंशी/कटहरी प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

काेशी प्रदेशको राजधानी माेरङकाे विराटनगर महानगरपालिका देखि पुर्व सिङघिया खाेला देखि नजिकै कटहरी गाउँपालिका रहेको छ ।
कटहरी गाउँपालिकामा १९ ओटा सरकारी सामुदायिक विध्यालय र ११ ओटा प्राइभेट बाेर्डिङ स्कुल रहेको छ । कटहरी गाउँपालिकाकाे वि .स . २०७४ काे तथ्यांक अनुसार कुल जनसंख्या ३९७७५ रहेको देखिएको छ । कटहरी गाउँपालिकाकाे जनसंख्या साक्षरता घरधुरी सर्वेक्षण २०७६ अनुसार विवरण हेर्दा कुल जनसंख्या मध्य ३८६३८ जना पाँच वर्षभन्दा माथिका रहेको छ । उक्त पाँच वर्षभन्दा माथिकालाई मात्र साक्षरता सम्बन्धि विशलेशनमा समावेश गरिएको छ । पाँच वर्षभन्दा माथिकाे जनसंख्या मध्ये पढ्न मात्र जान्ने ४६९ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको १.१ प्रतिशत ) रहेको छ । त्यसै गरी पढ्न र लेखन जान्ने २६९३५ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको ६२.९ प्रतिशत ) गरी जम्मा साक्षर जनसंख्या २७४०४ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको ६४.० प्रतिशत ) रहेका छन् भन्ने पढ्न लेखन दुवै नजान्ने ११२३४ जना रहेका छन् । स्थानियका अनुसार यहाँका विध्यार्थिहरु अधिकाँश विराटनगर उच्च शिक्षाका लागि जाने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]