अठारवटा जातिय संस्थाद्वारा ३०औँ आदिवासी दिवस भव्यताका साथ विभिन्न कार्यक्रम गरि मनाउने

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित बिहिबार, साउन २४, २०८१

विराटनगर / अठारवटा जातिय संस्थाद्वारा ३० आ‌ैंऔ आदिवासी दिवस भव्यताका साथ विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेका छन । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकले गरेका निर्णय अनुसार झाँकी सहितको बृहत र्यालीका साथै सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

परिषद्ले साउन २६ गते विभिन्न जातजातिको झाँकी र मौलिकता, सांस्कृतिक भेषभुषा, पहिरन झल्काउने बृहत र्यालीसँगै सास्कृतिक कार्यक्रम गर्ने भएकाे छ।
जातिय संस्थाका पदाधिकारी तथा अगुवाहरुको उपस्थितीमा विराटनगरको महेन्द्र चौकमा साउन २५ गते शुक्रबार साँझ दिप प्रज्वलन समेत गर्ने भएकाे छ ।

त्यसैगरी साउन २६ गते शनिबार विराटनगर महानगरपालिका स्थित मारवडी सेवा सदनमा भेला भई बृहत र्यालीले नगरपरिक्रममा गरी विराटनगर-११ स्थिती होटल संगम पार्टी प्यालेसमा रक्तदान, झांकी प्रदर्शनी, सास्कृतिक कार्यक्रम तथा शुभकामना आदान-प्रदान गर्ने नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेश प्रसाद सिंह गनगाइले जानकारी गराए ।

गनगाईका अनुसार‘ संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानिय तहको सरकारी काम काजको भाषामा आदिवासी जनजातीको भाषा लागु गर ’ लगायतका नाराका साथ विश्व आदिवासी जनजाती दिवस मनाउने तयारी गरेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]