विराटनगरमा साप्ताहिक सन्ध्याकालीन आरतीको शुभारम्भ

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन २४, २०८१

विराटनगर / विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरतीको शुभारम्भ हुने भएको छ। परमार्थ सिंघिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रवार नियमित रूपमा आरती आयोजना गर्ने घोषणा गरेको छ।

आयोजक समितिका संयोजक र पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले शुक्रवारको आरतीको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जानकारी दिए। आरती प्रत्येक शुक्रवार साँझ ६:३० बजेदेखि ७:१५ बजेसम्म सञ्चालन हुने छ।

आरतीमा पाँच जना विशेषज्ञ गुरुहरूले समर्पण गर्नेछन्। आयोजनक शंकर खरेलले शुभारम्भ कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको उल्लेख गरे। भक्तजनहरूको सुविधाका लागि आरती स्थलमा विशेष व्यवस्थापन गरिएको छ।

समितिले आरतीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न २ सय ५१ सदस्यीय मुल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ। आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र कोशी प्रदेशका सांसद भीम पराजुलीको सहभागिता रहने छ।

प्रत्येक शुक्रवारको आरती सञ्चालनका लागि दैनिक १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुरुआती चरणमा यो खर्च समिति द्वारा व्यवस्था गरिएको छ। समितिले दाता एवम् भक्तजनबाट संकलित रकम परोपकार घाटको विकासमा प्रयोग गर्ने योजना बनाएको छ। आरतीको धार्मिक महत्त्वलाई मनन गर्दै सबैलाई सहभागी हुन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]