हाम्रो प्रयासको छैठौँ वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर।
विराटनगर महानगरपालिका–७, मोरङस्थित सामाजिक संस्था हाम्रो प्रयासको छैठौँ वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
२०८२ माघ २१ गते विराटनगर महानगरपालिका–७ अन्तर्गत हाटखोलास्थित गिता मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व निर्वाह गर्ने तथा समुदायमा जीवनरक्षक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।


रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। मानव जीवन रक्षा जस्तो महान कार्यमा योगदान पुर्याएकोमा आयोजक संस्था हाम्रो प्रयासले सबै रक्तदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो प्रयासकी अध्यक्ष सावित्री शर्माले संस्थाले स्थापना कालदेखि नै सामाजिक सेवा, सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन्। उनले निकट भविष्यमा साबुन र सर्फजस्ता उपभोग्य सामग्री उत्पादनसम्बन्धी तालिम सञ्चालन गर्ने, तालिमपश्चात रोजगारी सिर्जना गर्ने तथा उत्पादित सामग्रीको बजार व्यवस्थापनसमेत संस्थामार्फत गरिने योजना रहेको जानकारी दिइन्। यसले स्थानीय स्तरमा आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको समापन गर्दै हाम्रो प्रयासकी सदस्य गिता पोखरेलले रक्तदाताहरू, स्वयंसेवकहरू, सहयोगी निकाय तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिन्।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष एवं हाम्रो प्रयासका सल्लाहकार कुमोद अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै पत्रकार भोजराज घिमिरे कोकोषाध्यक्ष: ज्ञानु थापा
उपाध्यक्ष: लिला ढकाल दाहाल
सदस्य:ईशा ढकाल
सबिना पोखरेल खतीवडा
गीता पोखरेल पनि उपस्थिति रहेको थियो।
छैठौँ वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक सहकार्य, मानवीय सेवा तथा संस्थाको सामाजिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजकको भनाइ रहेको छ।आयोजक:
हाम्रो प्रयास
विराटनगर–७, मोरङ