प्रयासद्वारा आयोजित सीपमूलक तालिम सम्पन्न, सहभागीलाई प्रमाण–पत्र वितरणहाम्रो
विराटनगर। सामाजिक संस्था हाम्रो प्रयास, विराटनगर–७, मोरङको आयोजनामा नुहाउने अर्गानिक साबुन तथा सर्फ बनाउने तीनदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हाम्रो प्रयास को पहलमा तथा विराटनगर महानगरपालिका वडा नं. ८ को सहयोगमा फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा १५ जना महिलाहरूले सक्रिय सहभागिता जनाएका थिए।
सहभागीहरूको उत्साहजनक सहभागिता
तालिममा सहभागी हुनेहरूमा सुशिला घिमिरे, सुनिता शाह, बिमला रेग्मी, यामकुमारी बिष्ट, लिला राई, लक्ष्मी पराजुली निरौला, हस्तकला तामाङ, पुनिता शाह, फुलकुमारी राय, मुन्नु घिमिरे, कमला ढंगोल, दीपा न्यौपाने, कञ्चनकुमारी विश्वकर्मा, सबिता घिमिरे र पुनम राजवंशी रहेका थिए।
तीन दिनसम्म सञ्चालित तालिममा अर्गानिक साबुन तथा सर्फ बनाउने कच्चा पदार्थको छनोट, मिश्रण विधि, सुरक्षा सावधानी, प्याकेजिङ तथा बजारीकरण सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत आफ्नै हातले साबुन र सर्फ तयार गरेका थिए, जसले उनीहरूमा आत्मविश्वास थपिएको आयोजकले जनाएको छ।
समापन समारोह र प्रमाण–पत्र वितरण
तालिमको समापन समारोहमा संस्थाकी अध्यक्ष सावित्री ढकाल, वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेल तथा प्रशिक्षक कमला कुमारी ढकालले संयुक्त रूपमा सहभागीहरूलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सह–सचिव प्रमिला कर्णले गर्नुभएको थियो भने कार्यक्रम संयोजकका रूपमा संस्थाकी सदस्य गीता पोखरेल रहनुभएको थियो। कार्यक्रममा बाला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
समारोहमा संस्थाकी उपाध्यक्ष प्रविशा ढकाल, कोषाध्यक्ष ज्ञानु राउत थापा तथा सदस्यहरू सबिना खतिवडा पोखरेल, सिमा खड्का लगायत कार्यसमितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको प्रतिबद्धता
समापन समारोहमा वडा अध्यक्ष राम पोखरेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। सो अवसरमा संस्थाले उहाँलाई सम्मानस्वरूप ‘मायाको चिनो’ प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले यस्ता सीपमूलक तथा आयआर्जनमुखी तालिमहरूले महिलाहरू र युवाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार र साना उद्यमतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आत्मनिर्भरता अभिवृद्धिको लक्ष्य
संस्था “हाम्रो प्रयास” ले समुदायस्तरमा आयआर्जन, महिला सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि समुदायको आवश्यकतालाई ध्यानमा राखी आयआर्जनमुखी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको