सक्रिय र निष्कलङ्क नेता जीवन घिमिरे

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौँ / नेकपा एमाले ९ तत्कालिन मालेमा समेत०मा विगत ४० वर्षदेखि सक्रिय र निष्कलङ्क नेता जीवन घिमिरे यतिबेला मोरङ क्षेत्र नं। ४ बाट चुनावी प्रतिस्पर्धामा छन् । राजनीतिलाई पारदर्शी, स्वच्छ र सेवामूलक बनाउन एमालेभित्र हरेक पूर्णकालिन नेता कार्यकर्ताले आयआर्जनका लागि कुनै न कुनै पेशा व्यवसाय गर्नुपर्ने अभियानका प्रवद्र्र्धक घिमिरे पूर्वका लोकप्रिय नेतासमेत हुन् । यसअघि कोशीको सामाजिक विकास मन्त्री हुँदा पनि देशभरबाट उत्कृष्ट प्रदेशमन्त्रीको रुपमा केन्द्रबाट पुरस्कृत भएका स्वच्छ छवीका उनी कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र गलत कुरामा सम्झौता नगर्ने सिर्जनात्मक सोच भएका नेताको रुपमा परिचित छन् ।

तीन बर्ष प्रदेशमन्त्री हुँदा वेदाग रहेका घिमिरे आफ्नो क्रियाशीलता र योगदानका आधारमा अबको प्रतिनिधिसभा निर्वाचनमा आफू नै विजयी हुने कुरामा विश्वस्त देखिन्छन् । उनको मुख्य प्रतिस्पर्धीमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सन्तोष राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव आचार्य छन् । तर स्थानीयस्तरमा धेरै झिजेको र बुझेको नेतामा उनी नै चिनिन्छन् ।

यसअघि पनि एमालेको बलियो पकड क्षेत्रको रुपमा रहेको मोरङ ४ मा आफ्नो कार्यशैली र दर्शनका आधारमा आफूले नै लोकप्रिय मतसहित विजयी हुने घिमिरेको विश्वास छ । ‘राजनीतिकर्मीको पनि परिवार र बालबच्चा हुन्छन्, उनीहरुको लालनपालन, शिक्षादिक्षा दिर्नैपर्यो । पार्टीको काममा हिंड्दा खर्च हुन्छ । त्यसको जोहो पनि गर्नैपर्यो । यही वास्तविकताले गर्दा धेरै नेता आर्थिक अनियमितता र लालचको शिकार भएका छन् । त्यो नहोस भन्नका लागि मैले राजनीतिकर्मीले पनि दिगो आयका लागि कुनै पेशा व्यवसाय गर्नुपर्छ भनेर कुरा उठाउँदै आएको हुँ र त्यो कुरा मैले आफ्नो जीवनमा पनि अबलम्बन गर्दै आएको छु’ उनी उदाहरणसहित भन्छन् ।

घिमिरेले थपे, ‘यो कुरा समयै बुझेर पूर्णकालिन काम गर्ने नेता कार्यकर्ताको आफ्नो जीवनसाथी जागिरमा हुनुपर्छ र जागिर नभए उद्यममा लागेको हुनुपर्छ भनेर पार्टीमा पहिलो पटक उद्यम र रोजगार मात्र पेशा हो तर राजनीति विशुद्ध समाज सेवा हो भनेर नेता कार्यकर्तालाई उद्यमसँग जोड्ने अवधारणा ल्याएको हो । यस्तो कुरा अरुलाई सिकाउने, आफूले पालना नगर्ने हो भने अर्थ हुँदैन । मैले २०४५ सालदेखि नै पत्रिका बेचेर आयआर्जन गर्दै राजनीतिमा पनि सक्रिय हुँदै आएको छु । अहिले पनि सोचअनुसार काम गर्दै आएको छु ।’

नेता घिमिरेले आफू मात्रै होइन, आफ्नो परिवारलाई पनि उद्यममा लाग्न प्रोत्साहित गरे । पुस्तक, स्टेशनरी पसल, छापाखाना, पुस्तक प्रकाशन, आधुनिक खेती, एग्रो फर्म, विद्यालय, कलेज जस्ता उद्यम, व्यवसायमा आफ्नो श्रीमती र भाईहरुलाई पनि अघि बढाए र आफू भने पूर्णकालिन राजीतिकर्मी भए । पारिवारिक व्यवसायका कारण परिवारको गुजारा चल्दै आयो र उनी घर खर्च जुटाउन राजनीतिलाई प्रयोग गर्न बाध्य भएनन् । उनको यो शैली एमालेका लागि मात्रै नभएर अन्य दलका नेता कार्यकर्ताका लागि पनि उदाहरण बन्दै आएको छ । सोही कारण उनीमाथि अहिलेसम्म कसैले पनि दाग लगाउने र विवादमा तान्न सकेको छैन ।

आर्थिक पारदर्शीता अपनाउने र राजनीतिलाई सेवाको रुपमा प्रयोग गर्ने कुरामा मात्रै नभएर सार्वजनिक पद धारण गर्दा फरक हुनुपर्छ र विशेष योगदान दिनुपर्छ भन्ने कुरा घिमिरेले तीन बर्ष प्रदेशमन्त्री हुँदा पुष्टि गरेका छन् ।

यो चुनावलाई स्वच्छ छवी कायम राख्दै नतिजामुखी राजनीति गर्ने सेवक र राजनीतिलाई पेशा ठान्ने पात्रहरुबीचको प्रस्पिर्धाको रुपमा हेरिएको छ ।

यस समाचार कर्पोरेट नेपाल नामक अनलाईन पत्रिकावाट जस्ताको तेस्तै साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]