उम्मेदवार भगवती चौधरी आफ्नो चुनावी अभियान

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जाँदा छन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार भगवती चौधरीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएको छ । निवर्तमान सांसद रहनुभएकी उहाँका पक्षमा जनलहर बढ्दै गएपछि यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव सङ्कलन र घरदैलो कार्यक्रम अभियानमा व्यस्त रहनुभएको छ ।

गत सनिबार उहाँकै सक्रियतामा दुहवी नगरपालिका वडा नम्बर ९ मा ५२ जना महिलाहरूले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले समाज रूपान्तरण र महिला सशक्तीकरणका लागि राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको कार्यक्रममा बताउनुभयो।

उहाँले महिलाहरूको हक–अधिकार सुनिश्चित गर्न एमाले प्रतिबद्ध रहेको जिकिर गर्दै ‘एमाले विचार, सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङ्गिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो, महिलालाई राज्यका सबै क्षेत्रमा समान अवसर दिन एमाले स्पष्ट प्रतिबद्ध छ।’
सुनसरी क्षेत्र नं. ३ मा उम्मेदवार चौधरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। सामाजिक क्षेत्रमा सक्रियतासँगै राजनीतिमा उदाउनुभएकी उहाँले साढे तीन वर्ष सांसद तथा करिब पाँच महिना मन्त्रीका रूपमा रहँदा आफ्नो निर्वाचन क्षेत्रका लागि गर्नुभएको कामबाट मतदाता सन्तुष्ट देखिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]