आउँदै गरेको फागुन २१ गतेको निर्वाचनमा सबै उमेदवार सक्रिय भई लागी परेका छन् । आ — आफनो मतदातालाई आफनो तिर केन्द्रीत गर्न हर प्रयास सबै उमेदवार गरिरहेको छ । मतदाताको मन जितनलाई जनताको घर घर पुगी आफना ऐजेण्डा राख्न भ्याई नभ्याई छन् ।
त्यस्तै मोरङ क्षेत्र नं. ५ का जसपा नेपाल पार्टिवाट उमेदवार बनेका राजकुमार यादव अहिले आफनो छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रममा व्यस्त छन । यादव आफनो चुनावी माहोल बनाउन सक्रिय छन् । अव विकास कागजमा सीमित रहने छैन, जमिनमा देखिनेछ । उनी जनता सामु स्पष्ट, दृढ र कार्यान्वयन योग्य प्रतिबद्धता पत्र लिएर चुनावी माहोलमा होमीएको छ ।
राजकुमार यादव दुई पटक हार भएपछि यो तेस्रो पटक चुनावी माहोलमा होमीएको छ । यस पटक राजकुमार यादव ६ बुदे प्रतिबद्वता पत्र लिई जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।
१. शिक्षा : अब सम्झौता होइन गुणस्तर चाहिन्छ ।
२. स्वास्थ्य :उपचार होइन, अधिकार
३. रोजगार : युवा विदेश होइन, अवसर यहिँ ।
४. कृषि : किसानको पसिना अब सम्मानित हुनेछ ।
५. पुर्वाधार : विकास देखिने गरी
६. पर्यटन : पहिचानवाट समृद्वि, संरक्षणबाट विकास ।
हाम्रो स्पष्ट संकलप ।
१. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता ।
२. जनताको आवाज सदनदेखि सडकसम्म बुलन्द ।
३. सुकुम्वासीलाई अधिकार, आवास र सम्मान ।
४. मोरङ ५ लाई विकासको नमूना क्षेत्र बनाउने अटुट प्रतिबद्धता ।