बिहारको मुजफ्फरपुरमा बम विस्फोट, पाँच बच्चा घाइते

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, साउन २५, २०८१

भारत / बिहारको मुजफ्फरपुरको गायघाट थाना क्षेत्रको बोआरीडीह पंचायतको मुन्नी कल्याणा गाउँमा टर्चमा बारूद भरेर बम बनाउनेको क्रममा विस्फोट हुँदा पाँच बच्चा घाइते भएका छन् ।

घटनापछि बच्चाहरूलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो, र उपचार चलिरहेको छ । पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।

मंगलबार साँझ केही बच्चाले जलेको पटाखाको बारूद संकलन गरेर टर्चमा भरेर आगो लगाएका थिए। जसले बमको रुपमा विस्फोट गर्यो। उनीहरूले युट्युब बाट बम बनाउन सिकेको बताएका छन् । यस घटनामा वरपरका रहेका बच्चाहरूको अनुहार बारूदको छिट्टाबाट पोलेको छ। त्यसपछि मंगलबार राति बच्चाहरूलाई घरमा राखिएको थियो। अनुहारमा लागेको चोटको दुखाई बढ्न थाल्यो, बच्चाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएयो ।

बच्चाहरूको अभिभावक रंजीत यादवका अनुसार, बच्चाहरू स्कूलबाट फर्किएपछि खेल्न गएका थिए। यस क्रममा झाडीको नजिक बम विस्फोट हुँदा बच्चाहरू पोलिएका हुन्। पीएचसीमा उपचार गराइरहेका बच्चा लव कुमार, ओमप्रकाश यादव, जयदीप यादव, प्रियांशु कुमार र दिव्यांशु कुमारले भने कि तिनीहरूले बालेको पटेकाको बाँकी बारूद संकलन गरेर टर्चमा भरेर जलाइरहेका थिए, र यस क्रममा विस्फोट भएको हो ।

जलन बढेपछि बुधबार उपचारका लागि पीएचसीमा भर्ना गरिएको छ। थानाध्यक्ष र प्रशिक्षु डीएसपी पूजा कुमारीले’ बच्चाहरू र अभिभावकको बयानका आधारमा अनुसन्धान भइरहेको बताईन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]