समाजकाे विवादले स्वतन्त्र पत्रकार राजवंशीले दिए राजिनामा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, जेठ २२, २०८३

मोरङ । राजबंसी समाज बिकास समिति (रासबिस) भित्र देखिएको आन्तरिक विवाद र विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य एवम् स्वतन्त्र पत्रकार, सञ्चारकर्मी संजय राजबंशीले आफू संस्थामा रहेका सबै जिम्मेवारीबाट अलग भएको आफ्नो सामाजिक सञ्जालवाट घोषणा गरेका छन्।

समाजमा करिब ३ वर्ष भन्दाबढि आन्तरिक विवादका कारण समाज दुई टुक्रा भएको समाजका अगुवा तथा गण्यमान्य अगुवहरुले बताएका छन् । समाजलाई मिलाउन धेरै प्रयस मध्य बादल राजवंशी र संजय राजवंशीकाे तर्फबाट पनि प्रयास हुदा मिलाउन नसकेकाे कारणले स्वतन्त्र पत्रकार संजय राजवंशी राजिनामा दिएका छन् । राजवंशीका अनुसार किचकिच र समाज विवादले आफुलाई समितिमा बस्न उचित नलागेपछि राजिनामा दिएका हुन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा राख्दै उनले रासबिस हाल दुई पक्षमा विभाजित भएको, एकअर्कामाथि आरोप–प्रत्यारोपमै केन्द्रित रहेको तथा समाजलाई निकासतर्फ लैजानुभन्दा विवाद र विभाजनतर्फ धकेल्ने काम भइरहेको बताएका छन्।

उनका अनुसार समाजको एकताका लागि पटक–पटक नेतृत्वलाई मिलेर काम गर्न सुझाव दिँदा दिँदा समेत कुनै सकारात्मक पहल नभएको र नेतृत्व मौन बसेको कारण आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।

यसैबीच, संजय राजबंशीको घोषणापछि रासबिस अध्यक्ष सुबन्त राजबंशीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै “कुचोले बढार्नु पर्ने आफैं बढेर गयो” भन्ने टिप्पणी गरेका छन्।

उक्त अभिव्यक्तिप्रति समाजभित्र विभिन्न प्रतिक्रियाहरु देखिएका छन्।

राजबंशी समाजका बौद्धिक व्यक्तित्व तथा अभियन्ताहरूले वर्तमान परिस्थितिले समाजलाई थप विभाजनतर्फ लैजाने खतरा रहेको भन्दै नेतृत्वलाई संवाद, सहमति र एकतामार्फत निकास खोज्न आग्रह गरेका छन्।

हाल रासबिसमा विषेश अधिवेशन एक पक्षको नेतृत्व अभय राजबंशीले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व सुबन्त राजबंशीले गरिरहेका छन्। दुवै पक्षबीचको विवादका कारण समग्र राजबंशी समाज चिन्तित बनेको सामाजिक सञ्जालमा स्पष्ट देखिन्छ ।

संस्थाका संस्थापक नेतृत्व फुलसिंह राजबंशी, ठकनु राजबंशी, तुलाराम राजबंशी लगायतले पनि एकता, सहकार्य र साझा महाधिवेशनमार्फत संस्थालाई पुनः एकताबद्ध बनाउनुपर्ने सन्देश बारबार दिदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]