कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आदिवासी जनजातीहरूको भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्धता जनाए

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, साउन २५, २०८१

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आदिवासी जनजातीहरूको भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण र विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

३०औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफ्नो प्रयास जारी रहेको उल्लेख गरेका छन्। उनले आदिवासी जनजातीहरूको योगदानलाई स्मरणीय बताउँदै, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरणमा दिवसको महत्व र अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गरे।

कोशी प्रदेशमा आदिवासी जनजातिहरूको ठूलो जनसंख्या रहेको भन्दै मुख्यमन्त्री कार्कीले उनीहरूको विविध भाषा, संस्कृति, परम्परा र संस्कारले प्रदेशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। खुवालुङ र माङ्सेबुङजस्ता धार्मिक स्थलहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई चिरस्थायी बनाउन प्रदेश सरकारले प्रयास गरिरहेको जानकारी दिइएको छ।

विश्व आदिवासी दिवस १९९४ सालदेखि संयुक्त राष्ट्रसंघद्वारा मनाइँदै आएको हो, जसलाई आदिवासी र जनजातीहरूले अधिकार स्थापनाको दिनको रूपमा मनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]