प्रिय बन्धु माननीय सन्तोष राजवंशीलाई खुल्ला पत्र

Logo
संजय कुमार राजवंशी प्रकाशित बिहिबार, आषाढ ३२, २०८३

माननीय सन्तोष राजवंशी ज्यु 🙏!
निर्वाचन क्षेत्र नं. ४,मोरंग (नेपाल)

देश खेल होइन, इतिहास हो। संविधान बल होइन, पुस्तौँको बलिदानको दस्तावेज हो। जनता दर्शक होइनन्, यही राष्ट्रका वास्तविक मालिक हुन्।

  • प्रिय बन्धु,

सत्ताको शिखरमा उभिएपछि आफूलाई खेलाडी र देशलाई खेल मैदान ठान्ने भ्रम पाल्नु उचित होइन। मैदानमा खेलाडीको लक्ष्य प्रतिद्वन्द्वीलाई हराउनु हुन्छ, तर राज्य सञ्चालनमा लक्ष्य आफ्नै जनताको जीवन जित्नु हुन्छ। यहाँ गोल होइन, विश्वास बचाउनुपर्छ। यहाँ ट्रफी होइन, भविष्य निर्माण गर्नुपर्छ।

हामी नेपाली जनताले कसैको हारको उत्सव वा कसैको जितको जयघोष मागेका छैनौँ। हामीले त यस्तो नेतृत्व खोजेका हौँ, जसले राजनीति होइन, राष्ट्रलाई जिताओस्।

याद राख्नुस्—संविधान कुनै फुटबल होइन, जसलाई सत्ता र स्वार्थको खुट्टाले जता मन लाग्यो उता हान्न मिलोस्। यो त हजारौँ नेपालीको त्याग, बलिदान र सपनाले लेखिएको राष्ट्रिय प्रतिज्ञा हो। जनतालाई पनि दर्शक सम्झने भूल नगर्नुहोस्। मौन बसेको जनता कमजोर हुँदैन; समय आएपछि इतिहास लेख्ने कलम पनि जनता नै हुन्छन् र फैसला सुनाउने शक्ति पनि जनता नै हुन्छन्।

त्यसैले देशलाई खेलको मैदान होइन, साझा भविष्यको आँगन ठान्नुस्। आफूलाई खेलाडी होइन, राष्ट्रको सेवक ठान्नुस्। किनकि सत्ता अस्थायी हुन्छ, तर जनताको फैसला र इतिहासको निर्णय स्थायी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]