सर्ट कमेन्ट्
नेपालमा बसोबास गर्ने म लगायत सम्पूर्ण जनतालाई मिति २०८३/०४/०१ गतेदेखि लागू भएको भनिएको “स्वर्णिम युग” को हार्दिक बधाई!
अबदेखि दुःखलाई सुख सम्झेर बाँच्ने कला सिकौँ, महँगीलाई विकास मानौँ, करलाई आशीर्वाद ठानौँ, अनि हरेक नयाँ बोझलाई “जनताको हित” भनेर ताली बजाऔँ।
ईश्वरसँग एउटै प्रार्थना छ—दिमागी र शारीरिक अवस्था मात्रै ठीक राखिदिनुहोस्। बाँकी त जे-जे आउँछ, नेपाली भएर सहने अभ्यास त पुरानै हो।
र अन्त्यमा…
कर्मको हिसाबकिताब ढिलो हुन सक्छ, तर छुट्दैन। जसले जे रोपेको छ, एक दिन त्यही फल पाकेर आउँछ।