विराटनगर / माेरङकाे कर्सिया बजार अथवा धनपालथान गाउँपालिकाकाे मुख्य बजार क्षेत्र कर्सिया बजार श्रीपतलाल राजवंशी ले स्थापना गरेको भन्दै अहिले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस जताततै देखिन थालिएको छ । कर्सिया बजारमा धेरै स्थानमा सहयोग गर्ने एक स्वर्गीय श्रीपतलाल राजवंशीले ठूलो याेगदान दिएका थिए भन्दै उद्रित गर्दै एक जना व्यक्ति अर्बिन्द राजवंशीले आफ्नो फेसवुक मार्फत सार्वजनिक गरेका छन् ।
तथापि उक्त कर्सिया बजारकाे मुख्य चाेककाे नाम विपि चाेक नामाकरणमा पनि विभिन्न विवादहरु रहिआएको छ ।
एक पक्षले विपि ठिकै हाे भनेर भन्छन् भने अर्को पक्षले कर्सिया बजारकाे स्थापना श्रीपत राजवंशीले गरेकाे कारणले उनकाे सालिक तथा चाेककाे नाम श्रीपत चाेक हुनुपर्ने भन्दै विभिन्न चिया गफमा हुनेगरेकाे छ ।
उनलेे सामाजिक सञ्जाल फेसवुकमा विभिन्न याेगदानहरु यसरी उल्लेख गर्दै राखेका छन् ।
१. कर्सिया बजारको स्थापना
२. कर्सिया हाटको संचालकमा जग्गा अनुदान
३. प्रहरी चौकी स्थथापनाको जग्गा अनुदान
४. श्री शारदा विद्यालयको संस्थापक
५. साझा संस्था लि. को संस्थापक