एमाले विराटनगर – ६ को एकदिने ज्येष्ठ नागरिक तीर्थ यात्रा

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन २६, २०८१

विराटनगर / नेकपा एमाले विराटनगर महानगरपालिका वडा नं ६ कमिटीले ज्येष्ठ नागरिकहरूलाई एक दिने तीर्थ यात्रा गराउने भएको छ । वडा कमिटीले आज विराटनगरबाट सुरू भएर सुनसरीको चतरा स्थित बराह क्षेत्र हुँदै धरान स्थित पिण्डेश्वर मन्दिर सम्म एक दिने तीर्थ यात्रा गराउने भएको हो ।

वडा कमिटीका अध्यक्ष नारायण बरालका अनुसार वडामा बसोबास गर्नु हुने १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकहरूको तीर्थ यात्रामा सहभागिता रहेको छ । साउनको सोमबार धरानको पिण्डेश्वरमा भिड हुने र ज्येष्ठ नागरिकहरूलाई दर्शन गर्न असुविधा हुने भएकोले शनिबारको दिन पारेर तीर्थ यात्रामा लगिएको अध्यक्ष बरालले जानकारी दिनु भयो ।

वडा कमिटीले ज्येष्ठ नागरिकहरूलाई विराटनगर देखी बराह क्षेत्र हुँदै पिण्डेश्वर सम्म पुर्याउन ४ वटा बसको व्यवस्था गरेको छ ।

तीर्थ यात्रामा सहभागी ज्येष्ठ नागरिकहरूलाई नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा मोरङ क्षेत्र नं ६ इञ्चार्ज पर्शुराम बस्नेतले विराटनगरबाट विदाई गर्नु भएको थियो । बस्नेतले तीर्थ यात्रीहरूलाई सुखद यात्राको कामना गर्दै पार्टीले आगामी दिनहरूमा थप ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]