संस्थाका अध्यक्षले धम्कीको साथ निजी कम्पनीको खादमल वितरण गर्दै

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन २३, २०८३

विराटनगर / माेरङकाे रङ्गेलि नगरपालिका वडा नम्बर – ७ मा श्री महर्षी मेँही कृषि सहकारी संस्थाले रसायनिक मलखाद वितरणमा निजि कम्पनीका खादहरु अनिवार्य लिनैपर्ने धम्कीका साथ वितरण गर्दा विवाद भएको छ ।

रङ्गेलि नगरपालिका वडा नम्बर – ६ का गनेश सहनीका अनुसार नेपाल सरकारकाे खादमल लिनलाई अनिवार्य निजि कम्पनीको खादमल लिनैपर्ने बताए ।निजि कम्पनी खादमल लिनैपर्ने अनि मात्रै नेपाल सरकारकाे खादमल दिन्छु भनेर किसानलाई धम्कीको साथि भनिएको कुरा ग्रामीण पत्रिका सङ कुरा गर्दै गनेश सहनीले बताए । सहनीले  उक्त कृषि संस्था र एक निजि कम्पनीका बिच सम्झौता गरि कृषि क्रान्ति नामक मलखाद अनिवार्य लिनुपर्ने सहनीले बताए ।

गनेश सहनीले कृषि सहकारीवाट दुई बाेरा खाद लिइसकेपछि फेरि ११ बाेरा खाद माग्दा साे विवाद भएको भने तर्क संस्थाका अध्यक्ष अशेस्वर साहले जानकारी दिए । साहका अनुसार जानी-जानी विवाद खडा गरिएको र उनको कुरामा कुनैपनि सत्यता छैन भन्दै ग्रामीण पत्रिका सङ कुरा गर्दै बताएका छन् । वडा अध्यक्ष सङ कुपन लिएर आउनुस् जति खाद चाहिन्छ तेति खाद लिएर जानुस् भन्दै साहले जानकारी दिए ।

यहीँ विषयलाई लिएर सूचनाको हक माग गर्दा गनेश सहनीले भिडियो बनाएका थिए । उक्त सहकारी संस्थामा अनियमितता भइरहेको छ कि भन्दै सहनीले बुझ्नकाे लागि सूचनाको हक माग गरिएका थिए । उक्त भिडियो ग्रामीण पत्रिकाकाे फेसवुक पेजमा पनि अपलाेड गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]