राष्ट्रिय मावि डोजाङलाई प्रथम सुनसरी जिल्ला अन्तर डोजाङ रनिङ शिल्डको उपाधि

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन २६, २०८१

विराटनगर / नेपाल तेक्वान्दो संघ सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित प्रथम सुनसरी जिल्ला अन्तर डोजाङ रनिङ शिल्डको उपाधि राष्ट्रिय मावि तेक्वान्दो डोजाङले जितेको छ । साउन २५ र २६ गते सुनसरी स्थित इटहरी रंगशालामा सम्पन्न प्रतियोगिताको उपाधि राष्ट्रिय मावि डोजाङले जित्न सफल भएको हो ।

प्रतियोगिताको दोस्रो स्थान राजदेवी तेक्वान्दो डोजाङले प्राप्त गरेको थियो भने इटहरी तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहन सफल भएको थियो ।

तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले गत आर्थिक वर्षमा विभिन्न प्राविधिक कारणले प्रदेश स्तरीय खेलकुद केही ढिलो सम्पन्न भएको भन्दै यस आर्थिक वर्ष देखी बोर्डले क्यालेन्डर बनाएर खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनु भएको थियो ।

बस्नेतले असारमा विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर प्रदेश खेलकुद प्रतियोगितामा कोशी प्रदेश बाट पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा खेलाडी बोर्ड खेज्दै आउनु नपर्ने बरू बोर्ड खेलाडीलाई खोज्दै जिल्ला-जिल्ला आउने धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाल तेक्वान्दो संघका कोशी प्रदेश कार्यसमितिका कार्यवाहक अध्यक्ष ईश्वर विक्रम शाहका अनुसार प्रतियोगिताको समापन समारोहमा विजयी डोजाङका खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेत , जिल्ला खेलकुद विकास समिति मोरङका पूर्व अध्यक्ष रोहित कोइरालालगायतले मेडल , प्रमाणपत्र र शिल्ड हस्तान्तरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]