एन आई टी कालेजमा नि:शुल्क स्वास्थ्य परीक्षण

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन २६, २०८१

विराटनगर / नेशनल ईन्स्टिच्युट अफ टेक्नोलॉजी ( NIT ) कलेजमा नि:शुल्क स्वास्थ्य आँखा परिक्षण र स्वास्थ्य जाँच शिविरमा १ एक सय ५५ जनाले सेवा लिएका छन ।

उक्त शिविरमा १ सय ५५ जनाले आँखा र स्वास्थ्य परिक्षण गराएका थिए । त्यस मध्ये ४४ जनाले डाईविटीज (सुगर) परिक्षण समेत गराएका थिए ।

आँखा परिक्षणमा हिमाल आंखा अस्पतालका डाक्टर सहित प्रविधिक टाेलीले सहयाेग गरेका थिए । त्यसैगरी एन आई टी कालेजले स्वास्थ्य परीक्षण र सन्चो रिफरेन्स ल्याबोरेटरी बिराटनगरले गरेका थिए ।

साे शिविरको शुभारम्भ बरिष्ठ जेष्ठ नागरिक बुच झाले रिबन काटेर गरेका थिए । शिविर विराटनगर महानगरपालिका वडा नं. ४ का अध्यक्ष जीतन थापाकाे प्रमुख आतिथ्यमा भएकाे थियो ।

समाज एवम् कार्यक्रमका अध्यक्ष लोकेन्द्र कार्कीले स्वस्थ्य शिविरमा सहयोग गर्ने संस्था र डाक्टर लगायत प्राविधिक टाेली र स्वस्थ्य परिक्षणका लागि आएका सबैमा धन्यवाद ज्ञापन गर्दै शिविर समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]