लियो क्लव अफ विराटनगरले सुपर सिक्स क्रिकेट टुर्नामेन्ट गर्ने

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

विराटनगर/लियो क्लव अफ विराटनगरले सुपर सिक्स क्रिकेट टुर्नामेन्ट गर्ने भएको छ । विराटनगर महानगर पालिका वडा नम्वर ६ मा हुने उत्त खेलमा २० ओटा टिमले सहभागी हुने प्रेस विज्ञ्तीमा उलेख छ । सुपर सिक्स क्रिकेट प्रतियोगीता यही असार ८ र ९ गते सञ्चालन हुन लागेको खेलमा रु ३ लाख लगानी गरीने आयोजक संस्था लियो क्लव विराटनगरले जनाएको छ । उक्त खेलमा कोशी र मधेश प्रदेश गरी जम्मा २० ओटा टिममले सहभागिता रहेको छ ।

खेलमा प्रथम हुने टिमलाइ नगद रु ७५ हजार र कप र दोस्रो हुनेलाइ ४० हजार र कप , उत्कृष्ट खेलाडिलाइ ५ हजार नगद र कप , वेष्ट बेटस मेन र बेष्ट बलरलाइ नगद रु ३/३ हजार र कप पुरस्कार स्वरुप प्रदान गरीनेछ । र मेन अफ द म्याच हुनेलाइ नगद पाच सय मात्र प्रदान गरीनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]