गोल्डेन अस्पतालको नयाँ भवनमा पूर्णरूपमा स्थानान्तरण: आधुनिक सेवासँग ६ तल्ले भवन सञ्चालनमा

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर / विराटनगरको गोल्डेन अस्पतालले आइतबारदेखि आफ्नो नयाँ भवनमा पूर्णरूपमा सञ्चालनमा आएको छ ।

यसअघि विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित कोशी अस्पतालको अगाडिको अस्पताल चौकमा भाडाको भवनमा सञ्चालनमा रहेको गोल्डेन अस्पताल अहिले विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित महेन्द्र चौकको पश्चिम तर्फको आफ्नै ६ तल्ले भवनमा स्थानान्तरण भएको हो। यो भवन ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको छ र यहाँ आधुनिक स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ट फिजिसियन डा. श्यामकुमार रौनियारले भने, “अबको केही समयपछि हामी अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवनमा दुवै स्थानबाट बिरामीलाई सेवा दिने योजना बनाएका छौँ। तर, केही समयपछि अस्पताल चौकमा रहेको पुरानो भवन बन्द गरेर नयाँ भवनबाट मात्रै बिरामीलाई उपचार सेवा प्रदान गर्ने निर्णय गरिएको छ।” गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले अस्पतालमा ३५ भन्दा बढी विशेषज्ञ डाक्टर कार्यरत रहेको र यहाँ सबै प्रकारका रोगहरूको उपचार सेवा उपलब्ध रहेको जानकारी दिए ।

१५ बेडको ओपीडी सेवाबाट सञ्चालनमा आएको गोल्डेन अस्पतालले नयाँ भवनमा स्थानान्तरण भएपछि १ सय बेडको मान्यता प्राप्त गरेको छ। महेन्द्र चौकको नयाँ भवनमा निम्न आयस्तरका बिरामीदेखि हुने खाने बिरामीहरूसम्मको उपचार एकै थलोमा उपलब्ध गराइने छ। कोशी प्रदेशका प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले गोल्डेन अस्पतालको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय राजनैतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख र उपप्रमुख, साथै स्वास्थ्य संस्थाका सञ्चालकहरू पनि उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]