विराटनगरमा सफारी दर्ता र नियन्त्रणको आवश्यकता: यातायात कार्यालयको पहल

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित सोमबार, साउन २८, २०८१

विराटनगर/कोशी प्रदेशको राजधानी विराटनगर अहिले सिटि सफारीको भिडले त्रसित बनेको छ। विराटनगरका सडकमा पिच्छे सफारी देखिनु सामान्य भइसकेको छ, जसले गर्दा सडक दुर्घटना र ट्राफिक जाम बढ्न थालेको छ।

विराटनगर ब्यापारिक, शैक्षिक र स्वास्थ्य हबको रुपमा परिचित छ र कोशी प्रदेशको मुख्यालय समेत यही छ, जसले गर्दा यहाँ सवारी साधनको संख्यामा स्वाभाविक वृद्धि भएको छ। तर, हालको अवस्थाले सफारीको अत्यधिक संख्याले शहरलाई अव्यवस्थित बनाइरहेको छ।

 

एक समितिले विराटनगरमा आवश्यक सफारीको संख्या ३,१०० अनुमान गरेको छ, जबकि दैनिक १०,००० सफारी सडकमा हिँडिरहेको छ। यसका अतिरिक्त, दर्ता नगरी सफारी सञ्चालन भइरहेका छन्। यातायात कार्यालय मोरंगका प्रमुख पाक्रम खा अनुसार, राजमार्गमा सफारी संचालनको नियम छ, जसअनुसार नगरपालिकाभित्र दर्ता भएका सफारीहरू नगरक्षेत्रका सडकमा मात्र चल्न सक्छन्।

 

सहरको अव्यवस्थित अवस्थालाई सुधार्न, ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा राजमार्गमा सफारी सञ्चालन नगर्न र दर्ता नगरेका सफारीलाई चेतावनी दिने योजना बनाएको छ। अटेर गर्नेहरुलाई ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गरिने बताइएको छ।

 

विराटनगर महानगरपालिकाले भदौ मसान्तसम्म दर्ता नभएका सफारीलाई दर्ता गर्न अनुरोध गरेको छ। दैनिक बिहान र साँझको समयमा सफारीका कारण अत्यधिक जाम हुन्छ, जसले अस्पताल, विद्यालय र बजार क्षेत्रका सर्वसाधारणलाई कठिनाइमा पारिरहेको छ। यदि समयमा नियमन र नियन्त्रण नभए, समस्या थप गम्भीर हुने आशंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]