खेलकुद महासंघ विराटनगरको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, साउन २८, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते बाट सुरू भएको महासंघको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम आज सम्पन्न भएको हो ।

महासंघ महानगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले विराटनगर महानगरपालिका वडा नं १ बाट सुरू गरिएको वृक्षारोपन कार्यक्रम वडा नं २ , ३ , ४ , ५ र १९ मा गरि सम्पन्न गरिएको जानकारी दिनु भयो । ताम्राकारले पहिलो चरणको कार्यक्रममा महानगरको ६ वटा वडामा वृक्षारोपन गरिएको र दोस्रो र तेस्रो चरणमा गरेर महानगरको १९ वटै वडामा वृक्षारोपन गर्ने तयारी रहेको बताउनु भयो ।

महासंघले नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले महासंघको केन्द्रीय नीति ‘ एक कमिटी , एक रचनात्मक गतिविधि ‘ अनुरूप महानगर कमिटीले गरेको वृक्षारोपन कार्यक्रमले समाजमा सकारात्मकता सञ्चार गरेको बताउनु भएको थियो । बस्नेतले नेपाली समाजमा देखिएको नकारात्मकतालाई परास्त गर्न युवाहरूले नै अघि बढे मात्र सम्भव हुने भन्दै अगामी दिनमा समेत रचनात्मक कार्य गर्न महानगर कमिटीलाई निर्देशन दिनु भएको थियो ।

महासंघ स्थायी कमिटी सदस्य तथा विराटनगर महानगर इञ्चार्ज मनोज विक्रम शाहले वृक्षारोपन कार्यक्रमसँगै महासंघले विराटनगरलाई खेलमय बनाउने योजना साथ अघि बढ्ने प्रष्ट पार्नु भएको थियो । महासंघ महानगर कमिटीले छिट्टै वडा स्तरीय फुटबल प्रतियोगिता , खुला टेबल टेनिस प्रतियोगिता , टि-टेन क्रिकेट प्रतियोगिता गर्ने तयारी समेत गरिरहेको शाहले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]