सेन्ट जोसेफ स्कूलको फुटसल प्रतियोगितामा जित, अमित शाह र गौराङ राईको उत्कृष्ट प्रदर्शन

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित मंगलबार, साउन २९, २०८१

विराटनगर/विराटनगरको सेन्ट जोसेफ स्कूलले अन्तरस्कुल फुटसल प्रतियोगितामा विजय प्राप्त गरेको छ। फाइनल खेलमा सेन्ट जोसेफले कोशी मल्टिप्लेक्स कलेजलाई एक-एक गोलको बराबरीको अवस्थामा पेनाल्टी सुटआउटमा पराजित गर्यो।

 

यस प्रतियोगितामा सेन्ट जोसेफले आदर्श स्कूल र पोखरिया स्कूललाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेलमा सेन्ट जोसेफका अमित शाह उत्कृष्ट गोलकिपर, गौराङ राई सबैभन्दा धेरै गोल गर्ने खेलाडी, र कोशी मल्टिप्लेक्सका दीपक चौधरी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।

 

यस प्रतियोगिता अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]