“विराटनगरमा बाङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचारको विरोधमा प्रदर्शन”

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित बुधबार, साउन ३०, २०८१

विराटनगर/विश्व हिन्दू परिषद नेपाल कोशी प्रदेशले आज विराटनगरमा बाङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको ज्यादती र अत्याचारको विरोधमा एक प्रदर्शन आयोजना गरेका छन्।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका सयौँ हिन्दू धर्मावलम्बीहरूले विराटनगरको मुख्य सडकमा जुलुस निकाली बाङ्गलादेश सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनकारीहरूले बाङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूको सुरक्षाको माग गर्दै विभिन्न नारा लगाएका थिए। जुलुस विराटनगरको पंचमुखी हनुमान मन्दिरबाट सुरु भई सिडिओ कार्यालयमा टुङ्गिएको हो, जहाँ उनीहरूले ज्ञापन पत्र बुझाए।

विश्व हिन्दू परिषद नेपाल कोशी प्रदेशका अध्यक्ष संयोजक देवेन्द्र गुप्ताले बाङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचारलाई मानवता विरोधी कार्यको रूपमा आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायसँग बाङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूको सुरक्षाका लागि पहल गर्न आग्रह गरे।

 

नेपाल सोनार फाउण्डेशनका अध्यक्ष महेश कुमार स्वर्णकारले बाङ्गलादेशका हिन्दू समुदायलाई एकजुट रहन, सतर्कता अपनाउन, र विश्व समुदाय तथा मानवअधिकारकर्मीहरूलाई बाङ्गलादेशमा हिन्दूहरूको संरक्षणका लागि एकजुट भएर कार्य गर्नको अपील गरे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]