कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सिधुवा शुक्रबारे सडकको उद्घाटन गरे

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, साउन ३०, २०८१

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सिधुवा शुक्रबारे सडकको उद्घाटन गर्नुभएको छ। यो सडक कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर लामो यो सडकले क्षेत्रीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सडकले तेह्रथुमको कृषि र पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ।उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले यो सडकले स्थानीय बजारको विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, पहाडी जिल्लामा बसाइँसराइ रोक्न र कृषि तथा पर्यटनलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। उहाँले आगामी असोज ११ गते पर्यटन दिवसका दिन कोशी पर्यटन वर्षको तयारीलाई तीव्रता दिने योजना पनि राख्नुभएको छ।

मुख्यमन्त्री कार्कीले बुधबार तेह्रथुमको थछर जोरपाटीमा खेलकुद लगायतका विभिन्न कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]