“कोशी प्रदेशमा ‘हेल्लो सीएम’ सेवा सुरु: २४ घण्टा उपलब्ध”

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित बिहिबार, साउन ३१, २०८१


विराटनगर /कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नको लागि ‘हेल्लो सीएम’ सेवा सुरु गरेको छ।

 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यो सेवाको शुभारम्भ गर्नु भएको हो। २४ घण्टा उपलब्ध रहने यस सेवाले जनताको गुनासो व्यवस्थापन गर्नका लागि अलग कक्ष राखेर सञ्चालन गरिएको छ। प्रदेश सुशासन ऐन २०७६ अनुसार यो सेवा लागू गरिएको हो।

 

मुख्यमन्त्री कार्कीले यो सेवाले प्रशासनिक सुधारमा सहयोग पुर्याउने बताउनुभयो। उहाँले सरकारका विभिन्न सेवा र निकायका कामलाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम’ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। यसले जनतालाई राहत दिने र आपत्कालिन अवस्थामा पनि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले पनि यो सेवाले सुशासनमा वृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

 

कोशी प्रदेश सरकारसँग गुनासा वा सहयोगका लागि टोल-फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]