डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने तयारी 

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित बिहिबार, साउन ३१, २०८१

विराटनगर/ नेपाली कांग्रेसका प्रमुख नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अघिल्लो महाधिवेशनमा निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएको कुरा स्मरण गर्दै आगामी महाधिवेशनमा स्वतः उम्मेदवारी दिने धारणा व्यक्त गरे।

 

डा. कोइरालाले देशभर भ्रमण गर्दै नेता र कार्यकर्तासँग भेटघाट गरिरहेको जानकारी दिँदै उम्मेदवारीको विषयलाई अन्यथा लिन नहुने कुरा गरे। उनले मुलुकको स्थायीत्व सुनिश्चित गर्नका लागि प्रमुख दलबीचको समिकरणलाई सफल बनाउन महत्त्वपूर्ण रहेको बताए।

 

त्यस्तै, उनले राजनीतिक स्थायीत्वको लागि संविधानमा सुधार र निर्वाचन प्रणालीमा आवश्यक संशोधन गर्नुपर्ने धारणा राखे। कोशी सरकारको विषयमा केन्द्रमा छलफल भइरहेको र कांग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]