राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

Logo
ग्रामीण पत्रिका /विराटनगर प्रकाशित शुक्रबार, साउन ३२, २०८१

काठमाडौं  / तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकी ले अभिनय गरेका छन् ।

भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]