विराटनगरमा छाडा पशुहरूको नियन्त्रण: सडक दुर्घटना र सार्वजनिक सम्पत्तिको संरक्षणमा महानगरपालिकाकाे प्रयास

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, साउन ३२, २०८१

विराटनगर/ सडक क्षेत्रमा खुल्ला छाडा पशुहरूको कारणले आवत-जावतमा समस्या सिर्जना भइरहँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ। यस समस्याको समाधानका लागि बिराटनगर महानगरपालिकाले तीव्र कदम चालिरहेको छ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार, असार मसान्तसम्ममा महानगरपालिकाले १४४ बाख्रा, २४ गाई, १ राँगा, र २१ साँढेलाई नियन्त्रणमा लिएको छ। छाडा पशुहरूको कारणले सडक दुर्घटनाको जोखिम बढ्नका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने समस्यालाई ध्यानमा राख्दै, महानगरपालिकाले यस्ता पशुहरूलाई नियन्त्रणमा लिई पशु धनीहरूलाई कारबाही गर्ने नीति लागू गरेको छ।यसका साथै नलगिएका पशु चौपाया हरुलाई लिलामी प्रक्रियामा लैजाने गरेको पौडेलले बताए ।

नियन्त्रणमा लिइएका पशुहरूलाई छोड्नका लागि बाख्राको ५०० रुपैयाँ, गाईको २००० रुपैयाँ, राँगा र साँढेको २५०० रुपैयाँ जरिवाना तोकिएको छ। पछिल्लो वर्ष समातिएका साढे गोरुहरूलाई कोशी टप्पु क्षेत्र तर्फ ट्रक भाडामा लिएर पुर्याएको र अन्य गाई वस्तुहरुहरुलाई विभिन्न गौशालामा राखिएको नगर प्रहरी प्रमुख पौडेलले जानकारी दिए। 

महानगरपालिकाले छाडा पशुहरूको समस्या समाधान गर्दै सहरलाई स्वच्छ र व्यवस्थित बनाउन निरन्तर प्रयास गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]