झापाको हल्दीबारीमा गाई काटेर गाडिएको अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित बुधबार, भाद्र ०५, २०८१

झापा/हल्दीबारी-३ स्थित भुसुडी खोलाको डिलमा गाई काटेर गाडिएको अवस्थामा फेला परेको छ। मृत गाईको अवशेष हिजो साँझ फेला परेको हो।

स्थानीय वडासदस्य अजित विष्टका अनुसार, गाई काटेर एकातिर हड्डी र अर्को तिर टाउको र पुच्छर गाडिएको अवस्थामा भेटिएको हो। घटनास्थलमा गाईलाई काट्ने क्रममा प्रयोग गरिएको दाम्लो, किलो, र रगतका चिन्हहरू पनि देखिएका छन्।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले केही दिनअघि नै गाई गाडिएकाले अवशेष सडेर गन्हाउन थालेको जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]