एनईएससीका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र ०५, २०८१

विराटनगर/अष्ट्रिया – सन् २०२० मा स्थापना भएको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले युरोपमा रहेका नेपाली समुदायलाई एकत्रित गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संघका अध्यक्ष दिलकुमार घमालका अनुसार, आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले विभिन्न अवसरहरूमा युरोपमा रहेका नेपालीलाई भेला गराएर विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

 

हालै अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा आयोजित वनभोज तथा प्रमाणपत्र वितरण समारोहमा संघका अध्यक्ष घमालले कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। उक्त कार्यक्रममा अष्ट्रियामा लामो समयदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले नेपाली राष्ट्रिय खेल भलिबलको युरोपमा विकास र प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ। संघले युरोपका विभिन्न मुलुकमा आयोजना हुने भलिबल प्रतियोगितामा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ।

 

सो अवसरमा नेपालका विभिन्न जातीय पहिचान झल्कने सांस्कृतिक गीत र नृत्य प्रस्तुत गरिएको थियो। साथै, संघले आगामी अक्टोबर २७ तारिखमा आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारीका विषयमा समेत छलफल गरेको अध्यक्ष घमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]