झापा जिल्लाको शिवसताक्षीमा अजिङ्गर सर्प फेला

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित शनिबार, भाद्र ०८, २०८१

झापा / झापा जिल्लाको शिवसताक्षीमा अजिङ्गर सर्प फेला परेको छ । आज बिहान करिब ११ बजेतिर अजिङ्गर फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । शिवसताक्षीको स्थानीय वडा नम्बर ६ को शिवालय मन्दिर पूर्वतर्फको बाँस बारीको टुप्पोमा वयस्क अजिङ्गर सर्प फेला परेको स्थानीय बासीले बताएका छन् ।

एक जना बाख्रालाई बाँसको घाँस काट्न जाने बेला स्थानीयले बाँसको टुप्पोमा अनौठो प्रजातिको सर्प अजिङ्गर देखेपछि हल्लाखल्ला भएको थियो । सो ठाउँमा यतिबेला डिभिजन वन कार्यालय झापा, सेक्टर वन कार्यालय दमक, इलाका प्रहरी कार्यालय शिवगञ्ज, शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि लगायत सयौंको संख्यामा स्थानीय वासी उत्त सर्प हेर्न पुगेका छन् ।

अजिङ्गर सर्प बाँसको टुप्पोमा भएकाले त्यसको सकुशल उद्धारका लागि वन कार्यालयका प्राविधिकको टोली लागिपरेको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । अजिङ्गरको उद्धारपछिको व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

उक्त अजिङ्गरलाई भुइँमा खसालेपछि मात्र त्यसको तौल, आकार र कुन प्रजातिको अजिङ्गर हो भन्ने खुल्ने वन कार्यालयले जनाएको छ । जमिनबाट करिब ५० फिट माथि बाँसको टुप्पोमा अजिङ्गर बाँसमा पल्टेर बसेको प्रत्यक्षदर्शीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]