रोट्रयाक्ट क्लबद्वारा वातावरण संरक्षणका लागि इभी गाडीको र्याली आयोजना

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित शनिबार, भाद्र ०८, २०८१

विराटनगर/रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि सचेतनामूलक इभी (इलेक्ट्रिक भेहिकल) गाडीको र्याली आयोजना गरेको छ। विराटनगरस्थित मारवाडी सेवा सदनबाट सुरु भएको यस र्यालीको शुभारम्भ उपमेयर शिल्पा निराला कार्कीले वातावरण संरक्षणका सन्देशसहितको स्टीकर टाँसेर गरिन्।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी उपमेयर कार्कीले वातावरण संरक्षण सबैको दायित्व भएको बताइन्। उनले नेपालजस्तो ऊर्जामा धनी मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त हुने उल्लेख गरिन्। इभी गाडी वातावरणमैत्री भएकोले पेट्रोलियम गाडीको सट्टा यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको सट्टा विद्युतबाट चल्ने गाडीहरूको माग विश्वभरि नै बढ्दै गएको बताए। उनले पेट्रोलियम पदार्थको उत्पादन घट्दै गएकाले विद्युतीय र सौर्य गाडीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

 

र्यालीका संयोजक आश्रेय कोइरालाले वातावरण संरक्षणको महत्त्वबारे नागरिकहरूलाई सचेत गराउन यो कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कुशल साहले विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको जानकारी दिए।

र्याली मारवाडी सेवा सदनबाट सुरु भई विराटनगरका विभिन्न मुख्य चोकहरू हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो। यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]