नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले बाटो खन्न थालेपछि रोके वडा अध्यक्ष

Logo
जनक राजवंशी / कचनकवल प्रकाशित बुधबार, भाद्र १२, २०८१

झापा / नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले बाटो खन्न थालेपछि रोके वडा अध्यक्ष लिम्बूले । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ घेराबारी स्थित नेपाल–भारत सीमाको बारीजमिनको दशगजा क्षेत्रमा भारतीय पक्षले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका थिए ।आइतबार रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल वडा नम्बर १ का वडाध्यक्ष महावीर लिम्बु (रञ्जीत) ले बताएका छन् ।“दशगजामा भारतीय पक्षले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ उनले भने, मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको छ ” र यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको स्थानीयहरुको भनाइ छ ।

हाल दुबै पक्षका सुरक्षा निकाय बिच छलफल पश्च्यात बाटो बनाउने काम रोकिएको छ भने खनिएको १५० मिटर बाटो पुरिएको छ ।

दशगजा हुँदै भारतले बाटो बनाएको ठाउँमा १० गजाको माटो खन्दै बाटो पुर्न थालेपछि भिडन्तको स्थिति सिर्जना भएको थियो । वडा अध्यक्ष लिम्बुको नेतृत्वमा गएका स्थानीयले बाटो पुर्न थालेपछि १०० भन्दा बढी एसएसबि, स्थानीय थानाका सुरक्षाकर्मी भारतबाट १० गजामा पुगेका थिए भने सशस्त्र बेस क्याम घेराबारी र प्रहरी चौकिबाट २०/२५ जना सुरक्षा कर्मी सहित २५ जना जति स्थानीय घटना स्थलमा पुगेर, तत्कालको लागि दुबै पक्षको छलफल पश्चात समस्या समाधान भएको छ ।

वडा अध्यक्ष लिम्बू भन्छन् एक थोपा रगत भएसम्म हामी हाम्रो जमिनको लागि सजग रहन्छौ । भारतीयहरुको हाम्रो भुभाग प्रतिको गिद्धे नजरका कारण कहिले सम्म हामिले दुख पाउने उनले प्रश्न गरेका छ्न ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]