“सुशिल कोइराला फाउण्डेशनद्वारा पाँच महिला नेतृ सम्मानित, तीज मिलन समारोहमा योगदानको कदर”

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र १५, २०८१

विराटनगर/सुशिल कोइराला फाउण्डेशन विराटनगरले प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना महिलालाई शनिबार विशेष सम्मान प्रदान गरेको छ। “संस्कृति जोगाऔं, आत्मियता बढाऔं” भन्ने नारासहित आयोजित दिदी–बहिनी तीज मिलन कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य, र चम्पा राईलाई सम्मान गरिएको हो।

फाउण्डेशनले यी महिलाहरुले प्रजातान्त्रिक आन्दोलनका अग्रणी मोर्चामा रही महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, मृदुला कोइराला, र फाउण्डेशनका महासचिव दिपक चापागाईंले उनीहरुलाई सम्मान गरे।

कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेताहरु, कोशी प्रदेश सभा सदस्य अमृत अर्याल र भीम पराजुली, तथा विराटनगर महानगरपालिकाका पूर्व उपमेयर इन्दिरा कार्कीको पनि उपस्थिति रहेको थियो। सांगीतिक वातावरणमा सम्पन्न कार्यक्रममा गायक सुमित खड्का, जुनु गौतम, र रामा मण्डलले तीजका गीतहरु प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]