

जहदा/ मोरङको जहदा गाउँपालिका, वडा नं. ४ स्थित शिशवनी जहदा गाउँमा शनिबार करिब ५ बजे एक अपरिचित समूहले २५ जनाको टोली बनाइ, दलित र जनजाति समुदायका सदस्यहरूलाई लक्षित गर्दै हिन्दू धर्म मान्ने परिवारहरूलाई लोभप्रलोभन देखाएर जबर्जस्ती धर्म परिवर्तन गराउने प्रयास गरेको आरोप लागेको छ।
स्थानीय बासिन्दाले उक्त गतिविधिलाई थाहा पाएपछि ती समूहका सदस्यहरूलाई प्रतिरोध गरे, जसको क्रममा ती व्यक्तिहरूले उल्टो व्यवहार गर्दै आपत्तिजनक शब्द प्रयोग गरेर गाली गलौज गरेका छन्। घटनाको जानकारी पाएपछि विश्व हिन्दू परिषद जहदा गाउँपालिकाका कार्यसमितिहरूले स्थलगत अध्ययन गर्न प्रयास गरेका थिए।
स्थानीयहरूले घटनाको गम्भीरता देखेर प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। आक्रोशित स्थानीयहरूले कालो मसो दल्ने धम्की दिएपछि, धर्म प्रचारमा संलग्न समूहले अन्ततः स्थानीयहरूसँग माफी मागे l