बाबा शिव मन्दिर सेवा समितिको दोस्रो औं साधारणसभा सम्पन्न

Logo
मोहन राजवंशी / जहदा प्रकाशित सोमबार, भाद्र १७, २०८१

जहदा / जहदा गाउँपलिका वडा नं.२ हरिनगरा टोलमा रहेको बाबा शिव मन्दिर सेवा समितिले दोस्रो औं वार्षिक साधारणसभा सभा भव्यताका सम्पन्न भएको छ ।

साधारणसभाका प्रमुख अतिथि ने .क .पा पार्टी जहदा गाउँपलिका अध्यक्ष जयनाथ गिरि ( कृष्ण गिरि) पानसमा बत्तीवाले समुद्घाटन गर्दै भने बाबा शिव मन्दिर सेवासमितिले आज साधारण सभाको कार्यक्रममा बोल्दै यो धार्मिक स्थललाइ सबै जातजातिको संरक्षण गर्ने अधिकार हो ।बाबा शिव मन्दिरको लागि निरन्तर सहयोग मा तत्पर रहने बताउनुभयो । साधारण सभामा मन्दिर संरक्षण र सम्बर्द्धनको निम्ति रु १ लाख नगद सहयोग गर्ने र आजिवन सदस्य हुने घोषणा गर्नुभयो । सोही अवसरमा ने . क. पा. प्रदेश सल्लाहकार विक्रम तिवारीले धार्मिक संस्कृतिक भाषा लाई आफैं संरक्षण गर्नु पर्छ । स्वास्थको लागि हामीले स्वास्थ बिमा अनिवार्य गर्नुपर्छ ।राज्यले दिएको सेवा सुविधा हामीले सदुपयोग गर्नु पर्छ बताउनुभयो ।जहदा गाउँ पालिका वडा नं. २ वडा सदस्य विगेन राजवंशी , वडा सदस्य जितेन हास्दा , भुमि पुत्र टि .बि . को सुशील राजवंशी, तिर्थ कुमार राजवंशी , मो . इब्राहिम , श्री आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवचरन राजवंशी , बाबा शिव मन्दिर सेक समिति सल्लाहकार धर्मेन्द्र राजवंशी , तेजनारायन राजवंशी , पन्चलाल राजवंशी लगायतले वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।आर्थिक वर्ष २०८०÷२०८१ मा बाबा शिव मन्दिर सेवासमितिको सम्पत्ति दायित्व ५० हजर ४ सय ५० रुपैयाँ ७५ पैसा रहेको छ । आन्दानी २५ हजार २ सय ६० पैसा रहेको छ । खर्च ३० हजार ५ सय ५० रुपैयाँ खर्च गरेको छ भने ५५ हजार ७सय १ रुपैयाँ १० पैसा कारोवार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

खुल्लासत्र पछि वन्द सत्रमा बाबा शिव मन्दिरको कार्यक्षेत्र जिल्ला भरी भनाएकोमा यसवाट हुने फाईदा र वेफाईदाका वारेमा छलफल गरी संस्थालाई अगामी दिनमा अझ मजबुत वनाएर लाने भन्दै मन्दिरको आजिवन सदस्य , साधारण सदस्य मनार्थ सदस्य आय आर्जन गरि मन्दिरलाई सहयोग पुग्ने गरि छलफल गरि निर्णय गरियो ।प्रथम आजिवन सदस्य बिजय राजवंशी प्रथम साधारण सदस्य शुभाष राजवंशी बनुभएकोमा हार्दिक शुभकामना ।बाबा शिव मन्दिर सेवा समिति सचिब उमेश कुमार राजवंशी ले कार्यक्रम संचालन गरिएको थियो । अध्यक्ष राजेश कुमार राजवंशीको अध्यक्षतामा साधारण सभा समापन गरियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]