विराटनगर महानगरपालिकामा ट्राफिक लाइट जडान कार्य सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र १८, २०८१

विराटनगर / ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु गरेको छ। महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार असोज मसान्तभित्र ट्राफिक लाइट जडान कार्य सम्पन्न गरिनेछ।

 

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा पछिल्लो समयमा बढ्दो जनघनत्व र सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो। प्रमुख चोकहरूमा ट्राफिक लाइट जडान भएपछि ट्राफिक व्यवस्थापनमा ठुलो सुधार आउने मेयर कोइरालाले बताउनुभयो।

महानगरले ७७ लाख रुपैयाँको लागतमा तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु गरेको छ। महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीका अनुसार निर्माण कम्पनी ई थ्री यार्सा जेभी काठमाडौंले तीव्र रूपमा कार्य गरिरहेको छ। हाल खम्बा गाड्ने कार्य चलिरहेको छ र असोज मसान्तभित्र सबै काम सम्पन्न गरिने योजना रहेको छ।

विराटनगर महानगरपालिका भित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। ट्राफिक लाइट जडानपछि विराटनगरका छ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउनेछ, जसले गर्दा ट्राफिक व्यवस्थापनमा सुधार आउने विश्वास महानगरपालिकाले लिएको छ।

मेयर कोइरालाले बढ्दो सवारी चाप र जनघनत्वका कारण ट्राफिक व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्नका लागि पहिलो चरणमा पाँच स्थानमा ट्राफिक लाइट जडान सुरु गरिएको जानकारी दिनुभयो। उपमेयर शिल्पा निराला कार्कीका अनुसार यसले महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या समाधानमा मद्दत पुर्याउनेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेले सीमित जनशक्ति कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको भन्दै ट्राफिक लाइट जडानपछि यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]