नेपाल पत्रकार महासंघ मोरङका २९ पत्रकारलाई कोरोना बीमा बापत १/१ लाख भुक्तानी

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र १८, २०८१

विराटनगर/नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापत १/१ लाख रुपैयाँ भुक्तानी पाउने भएका छन्। अजोड इन्स्योरेन्स कम्पनीले भुक्तानी पाउन बाँकी रहेको रकम बराबरको चेक महासंघलाई हस्तान्तरण गरेको हो।

२०७८ भदौ २१ मा महासंघका सचिव नेत्र पी अधिकारीले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अदालतले ०७९ जेठ १६ मा बीमा कम्पनीलाई भुक्तानी गर्न आदेश दिएको थियो। अदालतको आदेशलाई अटेर गरेको आरोपमा महासंघले अजोड इन्स्योरेन्सविरुद्ध अदालतको अवहेलनामा मुद्धा दर्ता गरेको थियो।

अदालतको अवहेलनामा कारबाहीको मुद्दा अघि बढ्दै गर्दा बीमा कम्पनीले बाँकी २९ जनाको भुक्तानी पठाएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले साउन २२ मा महासंघ कार्यालयमा आयोजित अन्तरक्रियामा भुक्तानी गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]