महानगरले मानवसेवा आश्रमका आमा र दिदीबहिनीलाई दर खुवायो 

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २०, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–१० तीनटोलियास्थित मानवसेवा आश्रममा आश्रितहरूसित खुसी साटासाट गर्नुभएको छ । मेयर कोइरालाले आश्रमका आमाहरूसित गीतका गीतमा नाचेर खुसी साट्नुका साथै हौसलासमेत दिनुभयो ।

महानगरपालिकाले तीजका अवसरमा आश्रम परिसरमा आयोजना तीज मिलन कार्यक्रममा मेयर कोइराला आश्रित आमा र दिदीबहिनीहरूसित नाचेर खुसी साट्नु भएको छ । मेयर कोइराला तीजका गीतमा आश्रित आमा तथा दिदीबहिनीहरूसित छमछमी नाँच्नुभयो । मेयर नाचेपछि आश्रित आमा र दिदीबहिनीहरू पनि खुसीले उफ्रीउफ्री नाचेका थिए ।

हिन्दू नेपाली महिलाहरूको महान चाड तीजमा आश्रित दिदीबहिनीहरूसित रमाइलो गर्ने र उनीहरूभित्र रहेको पीडालाई भुलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ । महानगरपालिका मानवसेवा आश्रम संरक्षकसमेत हो । महिला र पुरुष राखेको दुवै भवनको घरभाडा महानगरले नै तिर्दै आएको छ । आश्रित आमा र दिदीबहिनीहरूलाई तपाईंहरूको अभिभावकका रुपमा महानगरपालिका छ भन्ने विश्वास दिलाउन कार्यक्रम आयोजना गरिएको मेयर कोइरालाले बताउनुभयो । ‘विभिन्न कारणले आश्रम बस्न बाध्य महिला दिदीबहिनीहरूलाई सिंगो महानगरपालिका तपाईंहरूको साथमा छ भन्नका लागि पनि म आफैं उपस्थित भएको छु’ मेयर कोइरालाले भन्नुभयो, ‘मानवसेवा आश्रमका लागि महानगरले विगतदेखि नै सहयोग गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ ।’

 

सो अवसरमा आश्रितलाई तीजका विशेष परिकार खुवाउनुका साथै तीजका गीतमा नाचेर रमाइलो गरिएको थियो । त्यस्तै महानगरका तर्फबाट मेयर कोइरालाले ८४ थान झुल, ९४ कार्टुन विभिन्न खाजाका परिकारहरूसमेत प्रदान गर्नुभएको थियो । छोटो समयमा अत्यन्तै राम्रो र फलदायी कार्यक्रम भएको कार्यक्रम संयोजक पुनमकुमार दाहालले बताउनुभयो । मानवसेवा आश्रमले महिला र पुरुषलाई बेग्लाबेग्लै स्थानमा राखेको छ । तीनटोलियाको आश्रममा २ वर्षका बालबालिकादेखि ९२ वर्षका ज्येष्ठ महिलाहरूले आश्रय लिएको प्रविण खड्काले जानकारी दिनुभयो । त्यस्तै पुरुष वन कार्यालय छेउको आश्रममा ७० जना पुरुषलाई राख्ने व्यवस्था मिलाइएको आश्रमकी पार्वती तिवारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]