विराटनगरमा अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २२, २०८१

विराटनगर / अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट रहेका छन्। उनीहरूलाई डिजिटल एप्स मार्फत अनलाइन सट्टेबाजी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले दिएको जानकारी अनुसार, उनीहरू मोबाइल एप्स प्रयोग गरी डिजिटल खाताहरूको माध्यमबाट गैरकानुनी सट्टेबाजीमा संलग्न थिए। प्रहरीले उनीहरूको कोठाबाट कम्प्युटर, मोबाइल सेटहरू लगायतका सामाग्रीहरू समेत बरामद गरेको छ।

गैरकानुनी क्रियाकलाप भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी गर्दै उनीहरूलाई पक्राउ गरेको हो। मोरङ जिल्ला प्रहरी कार्यालयले मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा अघि बढाएको जनाएको छ। अहिले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]