“नेपाली महिलाहरूले सप्तऋषिको पूजा गर्दै ऋषिपञ्चमी पर्व मनाए”

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर/आज नेपाली महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्दै ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यस पर्वमा महिलाहरू बिहानै उठेर स्नान गरी नजिकको नदी, पोखरी वा खोलामा गएर तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने परम्परा छ। गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नानपछि सप्तऋषिको पूजा गर्ने गरिन्छ।

ऋषिपञ्चमी महिलाहरूको लागि विशेष पर्व हो, जसमा रजस्वलाको समयमा भएका कुनै त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित सप्तऋषिको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार, महिलाले यस दिन विशेष स्नान र पूजा गरेर पञ्चगव्य सेवन गर्नु पर्छ, जसले छुवाछूतको दोष निवारण हुने विश्वास गरिन्छ।

आज मुलुकभरका ऋषेश्वर मन्दिरहरूमा श्रद्धालु महिलाहरूको ठूलो उपस्थिति रहने गर्छ, जसमा महिलाहरूले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]