हिमालय रोडमा सडक महोत्सवविरुद्ध व्यापारीहरूको विरोध, मेयरले सार्वजनिक सुनवाईको संकेत

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर / विराटनगरको हिमालय रोडमा आयोजना गर्न लागिएको दशैंको अवसरमा विराट सडक महोत्सवलाई लिएर विवाद फेरि तातिएको छ। स्थानीय व्यापारीहरूले उक्त रोडमा मेला आयोजना गर्न नदिन आग्रह गर्दै विराटनगर महानगरपालिकाका मेयरलाई प्रेस विज्ञप्ति बुझाएका छन्।

 

व्यापारीहरूको अनुसार, गत वर्ष मेला आयोजनाका कारण गाडी जाम, फोहोर र व्यापारमा ठूलो असर परेको थियो। यो वर्ष पनि आयोजकहरूले मेला आयोजना गर्ने तयारी गरिरहेको भन्दै व्यापारीहरूले यसले पुनः व्यापारिक गतिविधिमा अवरोध आउने चिन्ता व्यक्त गरेका छन्।

 

व्यापारीहरूको माग छ कि मेला अन्यत्र स्थानान्तरण गरी व्यवस्थित रूपमा गरियोस्, जसले गर्दा सडकको यातायात र उनीहरूको व्यवसायमा असर नपरोस्। उनीहरूले हिमालय रोडमा रहेका अव्यवस्थित पार्कहरूको व्यवस्थापनमा पनि चाँडो ध्यान दिन आग्रह गरेका छन्।

 

यस सम्बन्धमा मेयर नागेश कोईरालाले व्यापारीहरूको मागलाई गम्भीरतापूर्वक लिँदै सार्वजनिक सुनवाईको आवश्यकता रहेको बताए। उनले सम्बन्धित सबै पक्षसँग छलफल गरी समाधानको प्रयास गरिने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]