आयुर्वेद चिकित्सालाई स्तरीय बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड 

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र २३, २०८१

 विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाउँदै अगाडि लैजानु पर्नेमा जोड दिनुभएको छ। आज झापाको लखनपुर स्थित कोशी प्रादेशिक आयुर्वेद अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कोशी प्रदेश जडीबुटीको भण्डार भएकोले यही स्रोतलाई उपयोग गर्दै प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गर्नुभयो।

 

मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ।”

 

यसका लागि डा. खिमबहादुर कार्कीको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको र कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गरिने उहाँले बताउनुभयो।

 

आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै नयाँ चिकित्सा प्रणालीसँग जोडेर सेवा विस्तारको सम्भावनाको पनि खोजी गरिने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]